Search This Blog

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटि)को अत्यन्त जरुरी सूचना

 





सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा प्रि–डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको अवेदन फारम भर्ने सामय थप गरेको छ । शिक्षण संस्थाहरुमा न्यून संख्यामा आवेदन प्राप्त भएका कारण शिक्षण संस्थाहरुबाट आवेदन फारम भर्ने समय थपगरिदिन आग्रह गरिएकाले समय थप गरिएको हो ।


साथै आवेदन फारम भर्ने अन्तिम मिति भदौ २३ गते बुधबारसम्म तोकिएकोमा को´भिड १९ का कारण लामो समयसम्म विभिन्न क्षेत्रमा निषे`धाज्ञा रहेको, मुलुकका विभिन्न भागमा बाढी पहिरो गएको र यातायात सञ्चालन नभएका कारण कागजात संकलन गर्न कठिनाई भएको भन्दै समय थप गरिएको हो ।


थपगरिएको आवेदन फारम भर्ने अन्तिम समय असोज ४ गतेसम्म रहेको छ भने शिक्षण संस्थाले शुल्क बापतको रकम बुझाउने अन्तिम मिति असोज ५ गते सम्मलाई कायम गरिएको छ ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी , भक्तपुरको शैक्षिक सत्र २०७८ / ०७ ९ मा प्रि – डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको आवेदन फाराम भर्ने म्याद थप गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना


(सूचना प्रकाशित मिति २०७८।०५।२३ गते) उपर्युक्त सम्बन्धमा यस परीक्षा नियन्त्रण कार्यालयबाट शैक्षिक सत्र २०७८ / ०७ ९ का लागि परिषद्का आंगिक , साझेदारी , टेक्स तथा निजी स्तरमा सम्बन्धन / स्वीकृति प्राप्त शिक्षण संस्थाहरूमा प्रि – डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूमा मिति २०७८/०५/०२ गतेको गोरखापत्र राष्ट्रिय दैनिक,


तथा www.ctevtexam.org.np मा प्रकाशित सूचना अनुसार प्रि – डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको आवेदन फाराम भर्ने अन्तिम मिति २०७८।०५।२३ गते बुधबारसम्म तोकिएकोमा को´भिड -१ ९ को विश्वव्यापी म´हामा´रीका कारण लामो समयसम्म ।


निषे´धाज्ञाको अवस्थामा रहेको र मुलुकका विभिन्न भागहरूमा बाढी पहि´रोका कारण यातायात सहज नभएकोले आवेदकहरूलाई आवश्यक पर्ने कागजातहरू संकलन गर्न कठिनाइ भइरहेको साथै शिक्षण संस्थाहरूमा न्यून ।


संख्यामा आवेदनहरू प्राप्त भएको कारण शिक्षण संस्थाहरूबाट आवेदन फाराम भर्ने म्याद थप गरिदिन अनुरोध भएकोले देहाय बमोजिम अन्तिम मिति कायम हुने गरी मिति २०७८।०५।१७ गतेको निर्णयानुसार आवेदन फाराम भर्ने म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


तपसिल प्रि – डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको आवेदन फाराम भर्ने अन्तिम मिति २०७४।०६।०४ गते सोमबारसम्म । शिक्षण संस्थाहरूले शुल्क बापतको रकम बुझाउने अन्तिम मिति २०७८ असोज ०५ गते मंगलबार कार्यालय समयभित्र ।


परीक्षार्थीले भरेका आवेदन फारामहरू सम्बन्धित शिक्षण संस्थाहरूले २०७८ असोज ०६ गते बुधबार राति १२:०० बजेभित्र परिषद् , प.नि.का. बाट उपलब्ध गराइएको Web Based Online Integrated Training Management System ( ITMS ) मा Submit गरिसक्नुपर्नेछ ।


परीक्षार्थीले भरेको आवेदन फाराम सम्बन्धित शिक्षण संस्थाले तोकिएको मितिभित्र Online ITMS मा Submit नभएमा सो आवेदन फाराम स्वीकृत हुनेछैन र त्यस्ता परीक्षार्थीलाई योग्यताक्रमको सूचीमा समावेश गरिनेछैन । सोको जिम्मेवार सम्बन्धित शिक्षण संस्था हुनेछ ।


शैक्षिक सत्र २०७८ / ०७ ९ मा पहिलोपटक परिषद्बाट सम्बन्धन / स्वीकृत पाई कार्यक्रम सञ्चालन गर्न आवेदन फाराम भराउने शिक्षण संस्थाहरूले ITMS मा आवेदन फाराम भर्नका लागि कार्यालयको आधिकारिक पत्र info@ctevtexam.org.np मा पठाई Username र Password प्राप्त गर्न सकिनेछ । उक्त पत्रमा प्राचार्यको नाम , मोबाइल नं . र इमेल अनिवार्य उल्लेख गर्नुपर्नेछ । यो सूचना www.ctevtexam.org.np मा पनि हेर्न सकिनेछ ।

Post a Comment

0 Comments