Search This Blog

मैलुङ खोलाको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट कसरि हेर्ने ?

 



मैलुङ खोला जलविद्युतको आईपीओ आज मंगलबार बाँडफाँड हुँदैछ । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन तथा बिक्री गरेको कम्पनीको आईपीओ आज बाँडफाँड गरिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा ३९ गुणा बढी आवेदन परेको थियो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार २१ लाख १८ हजार ९२५ जना आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ताका लागी आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणका लागी छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट बाँडफाँड गरिनेछ । गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ६८ हजार ४७४ जनाले मात्रै कम्पनीको आईपीओ पाउनेछन् । त्यसैले आवेदन दिएका लगानीकर्ता हरुमध्ये २० लाख ५० हजारभन्दा बढीको हात खालि हुने छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ बाँडफाँड पश्चात रिजल्ट हेर्न तलाक्प लिंक क्लिक गर्नुहोला

https://iporesult.cdsc.com.np

Post a Comment

0 Comments