Search This Blog

सबै कुरा किताब बाट सिकिदैन केहि कुरा हरु जिन्दगि बाट पनि सिकिन्छ

 


सबै कुरा किताब बाट सिकिदैन केहि कुरा हरु जिन्दगि बाट पनि सिकिन्छ



१) साचो बोल्नु अरुले घमण्डी भनेर केहि हुदैन सत्य स्वीकार्नै पर्छ एकदिन ।

२) चार किताब पढेर जिबनमा केहि हासिल भएन , बिना ठक्कर खाएर यहाँ कोहि सक्षम भएको छैन ।

३) ती सन्तान हुनु या नहुनुको कुनै अर्थ रहदैन जसले आमाबुवा लाई सधै रुवाउछन ।

४) जुन दिन तपाईंको पैसा समाप्त हुनेछ , उस दिन तपाईंका नातेदारहरू को संख्यामा 70 % को कमी आउनेछ ।

५) मानिसहरु भन्छन् कुरा उनीहरुसँग गर्नुहोस् जोसँग कुरा गर्न मन पर्छ … तर म भन्छु कुरा उनीहरुसँग गर्नुहोस् जसलाई तपाई को कुरा सुन्न मन पर्छ ।

६) कसैको FEELINGS लाई समयमै महसुस गरिहाल्नु … हजुर ! यिनको पनि EXPIRY DATE हुने गर्दछ …!

७) जीवन पाउनु भाग्यमा निर्भर छ, मृत्यु आउनु समयमा निर्भर छ तर मृत्यु पछी पनि सबैले याद गर्नु त्यो तिम्रो कर्ममा निर्भर छ ।

८) सबै कुरा किताब बाट सिकिदैन केहि कुरा हरु जिन्दगि बाट पनि सिकिन्छ ।

९) सायद मान्छेहरु झुठ बोल्ने गर्छन् कि नशाले मान्छेको दुख भुलाई दिने गर्छ किनकि अक्सर मैले देख्ने गरेको छु कि नशा नगरेको मान्छे भन्दा नशा गरेको मान्छे बढी रोएको देख्छु ।

१०) तिमी दुनीयाको हरेक मान्छेलाई जित्न सक्छौ तर एउटा मान्छेलाई कहिल्यै पनि जित्न सक्दैनौ जो तिम्रो खुशीको लागि जानी जानी आफै हार्ने गर्दछ ।

११) मिठो मह बनाउने माहुरीले पनि डस्न सक्छ, त्यसैले होसियार रहनु, धेरै मिठो बोल्ने मान्छेले पनि तिमीलाई हानी पुर्याउन सक्छ ।

१२) चिया गुलियोमा गुलियो पनि हुनसक्छ, कडामा कडा पनि । मान्छेपनि चिया जस्तै हुनु पर्छ, आवश्यक ठाउँमा गुलियो , नभए कडा ।

१३) त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन ।

१४) मलाई कुनै फरक पर्दैन चाहे उ धनि होस् या गरिब, साचो मान्छे त्यो हो जो मनको नजिक हुन्छ ।

१५) तिम्रो काम माया खोज्नु होइन, तिम्रो काम त तिमी भित्रको अवरोधहरुलाई खोज्नु हो, जसले तिम्रो जीवनमा मायाको आभास हुन दिइरहेको छैन

Post a Comment

0 Comments