Search This Blog

निफ्राले एकाएक यस्तो कदम चालेपछि शेयरधनीहरुमा खुसीयाली, अब शेयर मूल्य ह्वात्तै बढ्छ !

 


निफ्राका सेयरधनीहरुका लागि खुसीको खबर आएको छ । देशबाहिर विद्युत निर्यात गर्ने उद्देश्यले छुट्टै विद्युत व्यापार कम्पनी खोल्नका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले उर्जा मन्त्रालयमा प्रस्ताव गरेको छ।


हाल नेपाल विद्युत प्राधिकरणले कतिपय विद्युत कम्पनीसँग खरिद सम्झौता (पिपिए) गर्न नसकेको भन्दै निफ्रा अघि सरेको हो। पिपिए हुन नसक्दा अहिले केही आयोजनाको काम समेत अड्किएको छ।


निफ्राका सिइओ रामकृष्ण खतिवडाले विद्युत ब्यापारका लागि हाल छुट्टै कम्पनी जरुरत रहेको औंल्याए।

निफ्रा, विद्युत प्राधिकरण, सरकार, बैंक तथा वित्तीय संस्था र भारत तथा बंगलादेशका कम्पनी समेतको लगानी हुनेगरी नयाँ कम्पनी खोल्न सकिने प्रस्ताव राखिएको उनले स्पष्ट पारे। प्रस्तावित कम्पनीले हाल पिपिए हुन नसकेका कम्पनीसँग पिपिए गर्ने, ती आयोजनाको विद्युत उत्पादन र प्रशारण लाइन निर्माणसमेतलाई सहयोग पुर्याउने र भारत तथा बंगलादेशमा बजारीकरण गर्ने खतिवडाले बताए। स्वदेशको बिजुली विदेशमा निर्यात गरी देशले ठूलो लाभ लिन सक्नेछ।



‘सेती करिडोर, कर्णाली, भेरि करिडोर लगायतमा ठूला आयोजनाको बिजुली थपिँदैछ, ती आयोजनाको डिपिआर तयार भएको छ तर पिपिए नभएर अड्किएको अवस्था छ’ खतिवडाले भने ‘प्रस्तावित कम्पनीले यहाँका ठूला आयोजनासँग पिपिए गर्छ, त्यो पिपिएको आधारमा भारत तथा बंगलादेशका कम्पनीसँग काउन्टर पिपिए गर्छ।’


करिब ४५ सय मेगावाटका परियोजनाहरुमा लगानी जुटाउन समेत अहिले विद्युत खरिद बिक्री सम्झौता ९पिपिए० महत्वपूर्ण भएको छ। तर पिपिए नहुँदा लगानी जुटाउने काम समेत रोकिएको छ।


प्रस्तावित विद्युत व्यापार कम्पनीले पिपिएमा नै केही मार्जिन राखेर कम्पनी संचालन गरी नाफा आर्जन गर्नेछ। नयाँ कम्पनीले स्वदेशमा बिजुली बिक्री गर्ने छैन। कतिपयले विद्युत प्राधिकरणलाई नै यसले संकटमा पार्ने विश्लेषण समेत गरेका छन्। खतिवडा भने प्राधिकरणलाई कुनै असर नपर्ने दावी गर्छन्। ‘प्रस्तावित कम्पनी विल्कुलै सीमाबाहिर व्यापार गर्नका लागि हो, हामीले स्वदेशमा कत्ति पनि बिक्री गर्दैनौं, प्राधिकरणको व्यापारमा एक रुपैयाँ पनि असर पर्दैन’ उनले भने।



विद्युत खरिद तथा बिक्री गर्दा ठूलो मात्रामा बैंक जमानत तथा सोसँग सम्वन्धित वित्तीय उपकरणको प्रयोग गर्नुपर्ने भएकोले निफ्राले अन्य बैंक तथा वित्तीय संस्था र अन्तर्राष्ट्रिय बैंक तथा संस्थाहरुसँग सहज रुपमा सहकार्य गर्न सक्ने खतिवडाको भनाइ छ। प्राधिकरणको कुनै पनि पूर्वाधार समेत आफूहरुले प्रयोग नगर्ने उनले बताए। भारतमा पनि सरकारी र निजी दुवै क्षेत्र मिलेर विद्युत व्यापार गरिरहेकाले नेपालमा पनि सोअनुसारको गर्न सकिने उनको भनाइ छ।


विद्युत व्यापारका लागि आवश्यक प्रशारण लाइनको पूर्वाधार र उत्पादनमा समेत निफ्राले नै लगानी गर्ने भएकाले यसकै नेतृत्वमा विद्युत व्यापार कम्पनी खोल्दा सहज हुने कम्पनीको दावी छ।

अब आइपिओको रिजल्ट यी तीन वटा वेबसाइटबाटमात्रै हेर्न मिल्ने !



यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिँदै आएकोमा अब भने यस्तो कार्य बन्द गर्न निर्देशन दिइएको सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले जानकारी दिए। ‘लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावलीअनुसार संचार माध्यमलाई व्यक्तिगत विवरण नदिन हामीले सबै बिक्री प्रवन्धकलाई निर्देशन दिएका छौं’ सिइओ आचार्यले भने।

भोलि शुक्रबार महिला लघुवित्तको आइपिओ बाँडफाँड हुँदै छ। सो कम्पनीको आइपिओ पनि ३ वटा वेबसाइटबाट मात्रै हेर्न पाइने छ।सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै अब आइपिओ हेर्न पाइने छ। यसअघिसम्म विभिन्न संचार माध्यमहरुले समेत आइपिओको नतिजा राख्दै आएका थिए।लगानीकर्ताको विवरण चुहावट भई दुरुपयोग हुन सक्ने संभावित जोखिमलाई न्यूनीकरण गर्न यसले मद्दत पुग्ने आचार्यले बताए।

आइपिओको नतिजा डिम्याट खाता नम्बरका आधारबाट हेरिन्छ। यसरी डिम्याट खाता नम्बरसहितका विवरण संचारमाध्यमलाई पनि दिएको भन्दै लगानीकर्ताले आपत्ति जनाउँदै आएका थिए।
ई–सेवाको आईपिओ आउदैँ !नेपालको भुक्तानी सेवाप्रदायकको रुपमा पायोनियर ई–सेवालेपनि आईपीओ ल्याउने तयारी गरेको छ ।



खासगरी कम्पनीले २०२५ सम्म सर्वसाधारणका लागी शेयर जारी गरिसक्ने बताएको हो कम्पनीका संस्थापक विश्वास ढकालले प्रक्रियागत रुपमा इसेवाले अब सर्वसाधारणको लागि सेयर जारी गर्न छलफल प्रत्रिया अघि बढाइसकेको बताएका हुन । यी कम्पनी बाहेक प्रभु डिजिटल, सुविसु केबल नेटपनि प्रक्रियामै रहेका छन् ।


प्रभु डिजिटलपनि पब्लिक कम्पनीमा गइसकेको छ भने सुबिसु कम्पनी रजिष्ट्रार कार्यालय मार्फत प्रक्रियामा रहेको छ ।

Post a Comment

0 Comments