Search This Blog

१ लघुवित्त सहित २ कम्पनीले आईपिओ निष्काशन गर्ने

 


१ लघुवित्त सहित २ कम्पनीले आईपिओ निष्काशन गर्ने


२ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मानुषी लघुवित्त र दोर्दीखोला जलविद्युत कम्पनीले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । मानुषी लघुवित्तले बैशाख १३ गते आवेदन दिएको हो भने दोर्दीखोलाले बैशाख २१ गते आवेदन दिएको हो ।

मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंग रहेको छ । त्यस्तै दोर्दीखोला जलविद्युत कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो ।

कम्पनीको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाएपछि दुवै कम्पनीले आईपिओ निष्काशन गर्ने छन् । मानुषी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ । यो राष्ट्रिय स्तरको लघुवित्त हो । दोर्दीखोलाले भने लमजुङमा १२ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा लमजुङ इलेक्ट्रीसिटी डेभलपमेन्ट कम्पनीको ८४.९५ प्रतिशत लगानी छ ।

Post a Comment

0 Comments