Search This Blog

ठूलो मानिसको भुललाई अनुभव र साना मानिसको भुललाई मुर्खता भनिन्छ

 


ठूलो मानिसको भुललाई अनुभव र साना मानिसको भुललाई मुर्खता भनिन्छ 


१) पीडालाई एक हदसम्म सही सकेपछि मान्छे केहि बोल्दैन बस मौन रहन्छ ।


२) बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ ।


३) मैनबत्ती बिना आगो जल्दैन, त्यस्तै मनुष्य पनि आध्यात्मिक जीवन बिना बाच्न सक्दैन ।


४) एकजना व्यक्तिमा मात्र पनि संसार परिवर्तन गरिदिन सक्ने सामर्थ्य हुन्छ ।


५) जो तपाईंको साथमा नराम्रो छन् , उनीहरूसँग न नराम्रो हुनुहोस् न खराब केवल उनीहरु बाट टाढा रहनुहोस् ।


६) ठूलो सफलता प्राप्त गर्नको लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ।


७) जब केहि सेकेन्ड मुस्कुराउदा फोटो राम्रो आउछ भने सधै भरि मुस्कुराएर बाच्दा जीवन कति राम्रो होला ।


८) कुनै दुई कौडीको व्यक्ति को पछाडि भाग्नु भन्दा राम्रो हो कि आफ्नो सपनाको पछाडि भाग्नुहोस् ।


९) जुन समय जे कामको लागि प्रतिज्ञा गरिन्छ, ठीक त्यही समय त्यही काम गर्नुपर्छ । अन्यथा विश्वास नष्ट हुन्छ ।


१०) मेहनतको अगाडि किस्मतको त्यतिधेरै औकात छैन कि तपाईंको सपना पुरा हुन नदेओस ।


११) सफलताको उत्सव मनाउनु ठीक हो । तर, असफलताले दिन खोजेको पाठलाई बुझ्नु महत्वपूर्ण हो ।


१२) उत्तारचढाव पछि पनि यदि कोही व्यक्ति तपाईंको साथ छोड्दैन भने उस व्यक्तिलाई हमेशा कदर गर्नु ।


१३) तिमीले आफ्नो जीवनलाई अरुले व्याख्या गर्न नदेऊ, आफैले तिमीलाई परिभाषित गर ।


१४) ठूलो मानिसको भुललाई अनुभव र साना मानिसको भुललाई मुर्खता भनिन्छ ।


१५) एक मिनेटमा जीवन बदलिदैन तर एक मिनेटमा लिएको निर्णयले तिम्रो पुरै जीवन बदलिन सक्छ, त्यसैले कुनै पनि निर्णय हतारमा नलिनु ।

Post a Comment

0 Comments