Search This Blog

निदाउनका लागि आँखामा निन्द्रा होइन, मनमा शान्ती चाहिन्छ





 १) आजको युगमा जो सबैभन्दा कम बोल्न सक्छ उसैले आफ्नो इज्जतलाई सबै भन्दा लामो समयसम्म बचाउन सक्छ ।

२) आकाशमा त्यस्तो कुनै चिज छैन जसले पुर्ब, पश्चिम छुट्याउन सकोस । मानिस आफ्नै बुद्दिद्वारा फरक निर्माण गरि छुट्याउछन् । अनि त्यसैलाई सत्य मानेर बिश्वास गर्छन् ।

३) मौन छु त्यसको मतलब यो होइन कि म अन्याय सहन्छु, कहिलेकाही मौन बस्नुले पनि अन्याय गर्ने आफैलाइ गल्तीको महसुस हुन्छ ।

४) जिन्दगी एकदमै सुन्दर छ यसलाई बेकारका कुराहरु र झगडामा बर्बाद नगर्नुहोस ।

५) राम्रो मान्छे संग सधै राम्रो बन्नु तर नराम्रो मान्छे संग कहिल्यै पनि नराम्रो नबन्नु किनकि हिराले हिरालाई काट्न सक्छ तर एउटा फोहोर फोहोरलाई सफा पार्न सक्दैन ।

६) एकपटक जो मेरो दिलबाट उत्रिन्छ, ऊ सामुन्ने खडा भयर पनि मेरो नजरमा आउँदैन ।

७) एकचोटि बिर्सीसके पछि सम्झनुको कुनै अर्थ रहदैन, किनकी माया नै हो भने उसलाइ जिन्दगीभर कहिल्यै बिर्सन नै सकिदैन ।

८) कर्म ऊ बालि हो, जसलाई मान्छेले हरहालतमा काट्नै पर्दछ, यसैले सधै राम्रो बिउ छर्नुहोस, ताकी बाली राम्रो होस ।

९) एक असल र समझदार मान्छे जहिले पनि आफ्नो चाहना र अधिकारको कुरा गर्दा अरुको अधिकार र चाहनाको पनि ख्याल राख्ने गर्छ ।

१०) जो उठेको छ उसको लागि रात लामो छ, जो थाकेको छ उसको लागि दुरी लामो छ, जो मुर्ख साचो धर्म जान्दैन, उसको लागि जीवन लामो छ ।

११) प्रेम तिमिलाइ यति गरेछु कि, आजभोलि प्रेम शब्द सुन्दा पनि आफुलाइ आफै देखि घृणा लागेर आउछ ।

१२) यदि तपाई क्रोधलाई एक पलको लागि धैर्य गर्न सक्नुहुन्छ भने तपाईं दुःखका सय दिन हरु बाट बच्न सक्नुहुन्छ ।

१३) तस्वीर जस्तोसुकै होस बस मन राम्रो हुनुपर्छ दुनियाँले नराम्रो भन्दैमा केहि फरक पर्दैन । जिन्दगी छ र पो म छु । डीयर जिन्दगी ।

१४) सारा दुनिया सँग जित्ने वाला एक बुवा, अक्सर आफ्ना बच्चाहरुसँग हारि दिन्छ ।

१५) यो दुनियामा कुनै पनि मान्छे यस्तो हुदैन कि जसलाई समस्या नहोस र कुनै पनि समस्या यस्तो हुदैन कि जसको समाधान नहोस, त्यसैले सधै एउटा कुरा याद राख्नु कि लक्ष्यमा पुग्ने बाटो जतिनै उकालो भए पनि त्यो सधै तपाईको पाइला मुनि नै हुने गर्छ ।

१६) आजभोली धेरै सँग बोल्न छाडेको छु, भाउ बढेर होइन बस मान्छे चिनेर हो ।

Post a Comment

0 Comments