Search This Blog

सानिमाको IPO Result Date ? IPO कतिले भरे ? पर्ने सम्भावना कति ? कहिले बेच्ने परेको

 



सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन गर्नेको संख्यामा नयाँ रकर्ड कायम भएको छ । कम्पनीको आईपीओ हालसम्मकै सबै भन्दा धेरै २४ लाख भन्दा बढीको आवेदन परेको हो ।

बिक्रि प्रबन्धक प्रभु क्यापिटको अनुसार आइतबार सम्ममा २४ लाख १ ९ हजार १२७ जना आवेदकबाट करिब ३ अर्ब ६ ९ करोड रूपैयाँ बराबरको ३ करोड ६ ९ लाख ४३ हजार ४४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ५४ लाख कित्ताको ६.८४ गुणा बढी हो ।

कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक प्रभु क्यापिटको अनुसार आइतबार सम्ममा २४ लाख १९ हजार १२७ जना आवेदकबाट करिब ३ अर्ब ६९ करोड रूपैयाँ बराबरको ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई छुट्टाएको ५४ लाख कित्ताको ६.८४ गुणा बढी हो ।कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार वितरण हुनेछ । निर्देशिका अनुसार गोलाप्रथावाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

त्यस अनुसार करिब १८ लाख ७९ हजार आवेदकले शेयर नपाउने देखिन्छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब करोड रुपैयाँ पुग्नेछ।

Post a Comment

0 Comments