Search This Blog

सानिमा लाइफको आइपीओले राख्यो ऐतिहासिक रेकर्ड, माग भन्दा ६.८४ गुणा बढी आवेदन

 

सानिमा लाइफको आइपीओले राख्यो ऐतिहासिक रेकर्ड, माग भन्दा ६.८४ गुणा बढी आवेदन




काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपिओमा चौथो दिन ६.८४ गुणाले ओभर सब्सक्राइब भएको छ ।

साउन २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक निष्काशनमा चौथो दिन ६.८४ गुणाले ओभर सब्सक्राइब भएको छ ।

आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकले ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजारको ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयरको लागि आवेदन परेको छ ।

निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो । आइपिओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Post a Comment

0 Comments