Search This Blog

केहीबेरमा तेह्रथुम पावरकाे आईपीओ यसरी बाँडफाँड गर्ने तयारी, सबैभन्दा छिटाे नतिजा कसरी हेर्ने ?

 



काठमाण्डौ


तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ आज बाँडफाँड हुने भएको छ ।


बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलाेटमेन्ट सम्पन्न भएको थियो भने आज शुक्रबार शेयर बाँडफाँड हुने छ । आज बिहान १० बजे बाँडफाँड गर्ने गरी तयारी भएको कम्पनीले जनाएको छ ।


कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो ।


कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याएको थियो ।


भाद्र १३ गते सम्ममा कम्पनीको शेयरमा २३ लाख भन्दा धेरैले आवेदन दिएका थिए । आइपीओ बाँडफाँड भएपछि iporesults.cdsc.com.np मा नतिजा हेर्न सकिन्छ । तर छिटाे रिजल्ट निकाल्ने काम भने बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले आफ्नाे वेबसाईटबाट गर्न सक्नेछ ।

Post a Comment

0 Comments